शाओमीको रेडमी १० ए मा अफर

काठमाडौँ – शाओमीले नेपालमा रेडमी १० ए को मूल्य कम गरेको छ।

शाओमीले सुपथ मूल्यमा गुणस्तरीय फोनको अनुभव प्रदान गर्ने उद्देश्यले रेडमी १० ए मा विन्टर अफर स्वरुप मूल्य घटाएको हो।
रेड्मी १०एको ठूलो ६.५३ूएचडी प्लस डिस्प्लेले भिडियो तथा मनपर्ने कन्टेन्ट हेर्न सकिदे शाओमीले जनाएके छ।

यसमा थ्रीडी–कर्भड ब्याकका साथै यसको पछाडिपट्टि फिंगरप्रिन्ट सेन्सर छ। फोटोका लागि १३ एमपी मेन क्यामेरा र २ एमपी देप्थ क्यामेरा सेन्सर उपलब्ध छ। मोबाइलमा ५,०००एमएएच ब्याट्रीको प्रयोग गरिएको छ।

रेडमी १० ए ग्रेफाइट ग्रे, क्रोम सिल्भर र स्काइ ब्लु रङमा उपलब्ध छ। यो अफर कार्तिक ३० देखि मंसिर २९ गते सम्म लागु हुनेछ।

मंसिर २, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्