पैसा बाँड्दै गरेको अवस्थामा ईश्वर पोखरेलका मान्छे पक्राउ

सांकेतिक तस्बिर
काठमाडौं – मौन अवधिमा पैसा बाँडेको आरोपमा प्रहरीले काठमाडौं–५ को प्रदेशसभा ‘ख’का उम्मेदवार दीपक निरौलालाई पक्राउ गरेको छ।
निरौलासहित ३ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एक अधिकृतले बताए। पक्राउ पर्नेमा बुढानिलकण्ठ नगरपालिका–६ का वडा अध्यक्ष रवि खड्का र नेकपा एमालेको बुढानिलकण्ठ नगरपालिकाका नगर अध्यक्ष प्रदिप डंगोल छन् ।
मंसिर २, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्