अटल बिहारी वाजपेयीको बायोपिकमा पंकज त्रिपाठीले मूख्य भूमिका निभाउने

बलिउड अभिनेता पंकज त्रिपाठीले पूर्वप्रधानमन्त्री अटल बिहारी वाजपेयीको भूमिका निर्वाह गर्ने भएका छन्।

अटल बिहारी वाजपेयीको बायोपिक बन्ने कुरा शुक्रबार घोषणा गरिएको छ। चलचित्रको नाम ‘’मैं रहूं या ना रहूं ये देश रहना चाहिए- अटल’’ राखिएको छ।

उत्कर्ष नैठानीले लेखेको यो चलचित्रलाई रवि जाधवले निर्देशन गर्दैछन्। रवि जाधवले तीन पटक नेशनल अवार्ड जितिसकेका छन्।

चलचित्र भारतीय जनता पार्टीका संस्थापक तथा पार्टीका एक वरिष्ठ नेता अटल बिहारी वाजपेयीको जीवनको वरिपरि घुम्छ।

पंकज त्रिपाठीले बहुआयामिक व्यक्तित्व भएका नेता वाजपेयीको भूमिका निर्वाह गर्न पाउँदा आफू सम्मानित भएको बताए।

पंकजले सन् २००४ मा रिलिज भएकाे चलचित्र ‘रन’बाट बलिउडकाे यात्रा तय गरेका थिए। अहिले उनलाई एक उम्दा कलाकारकाे रूपमा लिइन्छ।

मंसिर ३, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्