बागबजारस्थित पद्मकन्या क्याम्पस मतदान केन्द्रमा मतदान जारी(फाेटाेफिचर)

काठमाडाैँ – आज मंसिर ४ गते अर्थात् प्रदेश तथा प्रतिनिधिसभाकाे निर्वाचनकाे दिन। आज देशका विभिन्न मतदान केन्द्रबाट दुवै तहकाे लागि धमाधम मतदान कार्य भइरहेकाे छ।

बिहान ७ बजेबाट सुरु भएकाे मतदान कार्य आज साझ पाँच बजेसम्म जारी रहनेछ।

निर्वाचनका लागि राजनीतिक दल, उम्मेदवारसँगै मतदाता पनि उत्साहित देखिन्छन्।

काठमाडाैँकाे बागबजारस्थित पद्मकन्या क्याम्पस मतदान केन्द्रबाट पनि मतदान कार्य जारी रहेकाे छ।

काठमाडाैँ क्षेत्र नम्बर- ६ मा सत्ता गठबन्धनकाे तर्फबाट नेपाली कांग्रेसका भीमसेनदास प्रधान, नेकपा एमालेकाे तर्फबाट सर्वेन्द्र खनाल र राष्ट्रिय स्वतन्त्र पार्टीबाट शिशिर खनाल उम्मेदवार रहेका छन्।

हेर्नूहाेस् तस्बिरहरू:

मंसिर ४, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्