मतगणनास्थल पुगे काठमाडौँ १ का एमाले उम्मेदवार पौडेल

काठमाडौँ- मतदान सम्पन्न भएसँगै काठमाडौँ क्षेत्र नम्बर १ का एमाले उम्मेदवार किरण पौडेल मतगणनास्थल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र पुगेका छन्।

काठमाडौँ १ मा मतदान सम्पन्न भएसँगै मतपेटिकाहरु शिलबन्दी गरी मतगणनाका लागि अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र पुर्‍याइएका हुन्।

काठमाडौँ १ मा आइतबार रातिसम्म मतगणना सुरु हुने निर्वाचन अधिकारीहरुले जानकारी दिएका छन्।

काठमाडौँ १ मा गठबन्धनका तर्फबाट कांग्रेसका प्रकाशमान सिंह, एमालेका किरण पौडेल, राप्रपाका रवीन्द्र मिश्र, स्वतन्त्र पार्टीका पुकार बम र पूर्वडिआइजी रमेश खरेल चुनावी मैदानमा छन्।

मंसिर ४, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्