बारा–३ मा झिनो मतले एमाले अगाडि, जसपा पछ्याउँदै

वीरगञ्ज–  प्रतिनिधि सभाको बारा क्षेत्र नम्बर ३ मा नेकपा एमालेकी उम्मेदवार ज्वाला साह झिनो मतान्तरले अगाडि छिन् । उनी आफ्ना निकतटम प्रतिस्पर्धी जसपाका रामबाबु यादवसित २ मतान्तरले अगाडि छन् ।
एमालेकी साहले ५३६ मत ल्याउँदा जसपाका यादवले ५३४ मत ल्याएका छन् । पाँचदलीय गठबनन्धनका उम्मेदवार लोसपाका लालबाबु सिंहले २३० मत प्राप्त गरेका छन्।
मंसिर ५, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्