सप्तरी २ मा डा. सीके राउतले कटाए पाँच हजार मत, उपेन्द्रको २३१६

जनकपुरधाम – सप्तरी क्षेत्र नं. २ मा जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले पाँच हजार मत कटाएका हुन्।

सप्तरी २ को पछिल्लो मत परिणाम अनुसार डा. सीके राउत ५ हजार मत कटाएका हुन् । उनले ५ हजार ४३ मत ल्याउँदा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले २ हजार ३१६ मत ल्याएका हुन्।

यस्तै पाँच दलीय गठबन्धनबाट लोकतान्त्रिक समाजवादी पार्टीका जयप्रकाश ठाकुरले १ हजार १८ मत ल्याएका हुन् । यस्तै, प्रदेश तर्फ समेत सप्तरी क्षेत्र नं. २ को ‘क’ र ‘ख’ मा जनमत पार्टीका उम्मेदवारको अग्रता कायम छ ।

मंसिर ५, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्