काठमाडौँ- ६ मा शिशिर खनाल अगाडि

फाइल तस्बिर।

काठमाडाैँ- काठमाडौँ निर्वाचन क्षेत्र नंं ६ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार शिशिर खनालले अग्रता कायमै राखेका छन्।

आइतबार सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका प्रतिनिधीसभाका उम्मेदवार खनालले दुई हजार आठ सय ४८ मत प्राप्त गरी अग्रता लिएकाे निर्वाचन अधिकृत सम्झना खनालले जानकारी दिए।

कूल आठ हजार ५९ मतगणना हुँदा नेपाली कांग्रेसका उम्मेदवार भीमसेनदास प्रधानले एक हजार आठ सय ७७ र नेकपा एमालेका उम्मेदवार सर्वेन्द्र खनालले एक हजार आठसय ४८ मत प्राप्त गरेकाे निर्वाचन अधिकृत खनालले बताए।

उक्त मतगणना गर्दा तीन सय ३१ मत बदर भएको छ ।

काठमाडौँ क्षेत्र नं ६ मा प्रतिनिधिसभामा २४ उम्मेदवार प्रतिस्पर्धामा छन्। जसमा १३ जना विभिन्न राजनीतिक दल र ११ जना स्वतन्त्र उम्मेदवार रहेको निर्वाचन अधिकृतकको कार्यालयले जनाएको छ।

काठमाडौँको बागबजारदेखि गोङ्गबु हुँदै झोरसम्म रहेको उक्त निर्वाचन क्षेत्रमा कूल ७५ मतदान केन्द्रमा मतदान भएको थियो।

६२ हजार एक सय दुई मतदाता रहेको सो निर्वाचन क्षेत्रमा आइतबार सम्पन्न मतदानमा ३९ हजार ६६ मतदाताले आफ्नो मताधिकारको प्रयोग गरेका थिए।

मंसिर ६, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्