काठमाडौँ – राप्रपाले काठमाडौँ क्षेत्र नं २ (१) को प्रदेश सभा जितेको छ। राप्रपाका सुनील केसीले ६ हजार ५९८ मतसहित विजयी भएका हुन्।

निकटतम प्रतिद्वन्द्वी एमालेका सानू श्रेष्ठले ५ हजार ७९ मत पाएका छन्।

सत्ता गठबन्धनका उम्मेदवार धुर्व केसी तेस्रो भएका छन्।

काठमाडौँ महानगर पालिकाको वडा नम्बर ३२ र ९ मा पर्ने यो क्षेत्र एमालेको गढ मानिँदै आएको थियो।

मंसिर ६, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्