इन्डोनेशिया भूकम्प : मृत्यु हुनेको संख्या २५२ पुग्यो

इन्डोनेशियाको जाभा आइल्याण्डमा सोमबार दिउँसो भूकम्प जाँदा मानवीय तथा भौतिक क्षति भएको छ । तस्बिर : गेट्टी इमेज

इन्डोनेशियाको जाभा आइल्याण्डमा गएको भूकम्पमा ज्यान गुमाउनेको संख्या २५२ पुगेको छ । सोमबार ५.६ म्याग्निच्युण्डको भूकम्प जाँदा मानवीय तथा भौतिक क्षति भएको हो ।

उद्धारकर्मीहरु भग्नावशेषमा फसेकाहरुको उद्धारका लागि अझै प्रयास गरिरहेका छन् । जाभा प्रान्तको सियानजुर क्षेत्र केन्द्रविन्दु भएर गएको भूकम्पका कारण पहिरो पनि गएको थियो । यस्तै भवन भत्किँदा धेरै मानिस विस्थापित भएका छन् ।

अहिलेसम्म भूकम्पका कारण मृत्यु हुनेको यकिन संख्या हाथा हुन सकेको छैन । स्थानीय सरकारले मंगलबार इन्स्टाग्राममा पोस्ट गरेको जानकारीमा २५२ जनाको ज्यान गएको उल्लेख छ । यस्तै ३७७ जना घाइते रहेको र ३१ जना बेपत्ता भएको जनाइएको छ ।

मंसिर ६, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्