रवि लामिछाने १४ सय मतले अघि

काठमाडौँ– चितवन २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछाने प्रतिस्पर्धी एमालेका कृष्णभक्त पोखरेल भन्दा १४ सय ५ मतले अघि छन्।

पछिल्लो मतगणना अनुसार लामिछानेले ५ हजार ७ सय ९८ मत ल्याएका छन् भने पोखरेलले ४ हजार ३ सय ९३ मत ल्याएर उनलाई पछ्याइरहेका छन्।

कांग्रेसका उमेश श्रेष्ठ ३ हजार ८ सय ५३ मतका साथ तेस्रो स्थानमा छन्।

मंसिर ६, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्