रोल्पामा वर्षमान पुन फराकिलो मतान्तरसहित अगाडि

रोल्पा  – प्रतिनिधिसभामा एक मात्र निर्वाचन क्षेत्र रहेको रोल्पामा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तले मतान्तर फराकिलो पार्दै लगेका छन् ।

१७ हजार २ सय मत गणना गर्दा पुनले १० हजार ४ सय ३८ मत ल्याएका छन् । एमालेका पूर्णबहादुर बुढामगरले ४ हजार ३ सय ८ मतसहित पुनलाई पछ्याइरहेका छन् ।

उनीहरुबीचको मतान्तर ६ हजार १ सय ३० छ । यस्तै राप्रपाका लिला राउतले ६ सय ७५, राप्रपा नेपालका रामबहादुर वली क्षेत्रीले ३ सय र नेपाल मजदुर किसान पार्टीका नातिभाई हयाम्बोले ३५ मत प्राप्त गरेका छन् ।

मंसिर ६, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्