काठमाडाैँ- २ मा विजयी भएपछि घण्टीकी साेविता गाैतम (तस्बिरसहित)

काठमाडाैँ- काठमाडौँ क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार सोविता गौतम विजयी भएकी छन्। उनी १५ हजार दुई सय २९ मत प्राप्त गरी विजयी भएकी हुन्।

नेकपा एमालेका उम्मेदवार मणिराम फुँयालले ११ हजार पाँच सय ५५ मत प्राप्त गरेका छन्।

त्यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार कुन्तीदेवी पोखरेलले ११ हजार १४ र नेकपा माओवादीका उम्मेदवार ओनसरी घर्तीले ९ हजार ४ सय ४९ मत पाए।

जितपछि थलीमा आफ्ना समर्थकहरूलाई सम्बाेधन गर्दै साेविता गाैतमले आफ्नाे ठाउँमा रहेका बाटाे, पानीलगायतका समस्या समाधान गर्ने बताइन्।

‘यस क्षेत्रका बाटाे पानीलगायतका समस्या समाधान गर्नेतिर लाग्नेछु। म तपाईंहरूकाे आवाजलाई संसदमा लिएर जानेछु। व्यक्तिगत र पार्टीकाे घाेषणापत्रअनुसार काम गर्नेछु’, उनले भनिन्।

साेबिताले अमूल्य भाेट दिने सम्पूर्णमा धन्यवाद पनि व्यक्त गरिन्।

उनले भनिन्,’तपाईंहरूकाे अमूल्य भाेटले गर्दा मैले जितेकी छु। म निकै खुसी छु। तपाईंहरूलाई धेरैधेरै धन्यवाद। मप्रति तपाई्हरूकाे विश्वास डगमगाउन दिने छैन।’

तस्बिरहरू हेर्नूहाेस्:

 

मंसिर ७, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्