इलाम-१ मा मतगणना सुरु हुन सकेन

काठमाडाैँ- इलामको प्रतिनिधिसभा क्षेत्र नं १ को मतगणना रोकिएको छ। कर्मचारीले जनप्रतिनिधिलाई जानकारी नदिई ब्यालेट बक्स खोलेको भन्दै गठबन्धनतर्फका राजनीतिक दलले मतगणना बहिष्कार गरेपछि मतगणना रोकिएको हो।

राति करिब १० बजेदेखि नै मतगणना रोकिएको छ। अब सर्वदलीय बैठक बसेर निर्णय गरिने बताइएको छ। सर्वदलीय बैठक केहीबेरमा सुरु हुने जनाइएको छ।

हिजो राति ८ बजेपछिबाट परिणामसमेत सार्वजनिक भएको छैन। सो मत परिणाममा पनि पूर्वप्रधानमन्त्री झलनाथ खनाल पछि परेका छन्।

उनलाई एमालेका उम्मेदवार महेश बस्नेतले पछि पारेका हुन्। बस्नेतले दश हजार दुई सय ८७ मत प्राप्त गरेका छन् भने खनालले आठ हजार सात ८० मत पाएका छन्।

मंसिर ७, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्