नागरिकता विवादमा रवि लामिछानेले दिएको स्पष्टीकरण खाम नै नखोली आयोगमा

नागरिकता विवादमा रवि लामिछानेले दिएको स्पष्टीकरण खाम नै नखोली आयोगमा
+
-

काठमाडौँ– चितवन क्षेत्र नम्बर २ का प्रतिनिधिसभा उम्मेदवार राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले आफ्नो नागरिकता सम्बन्धमा दिएको स्पष्टीकरण निर्वाचन आयोगमा आइपुगेको छ।

जिल्ला निर्वाचन कार्यालय चितवनका मूख्य निर्वाचन अधिकृत हृतेन्द्र थापाले लामिछानेको स्पष्टीकरण आयोगमा पठाएका हुन् । मंगलबार प्राप्त भएको स्पष्टीकरण खामको सिलबन्दी नै नखोली आयोगको केन्द्रीय कार्यालयमा पठाएको जानकारी थापाले दिए।

दोहोरो नागरिकता रहेको आरोप लागेपछि निर्वाचन कार्यालयले लामिछानेसँग स्पष्टिकरण माग गरेको थियो ।

लामिछानेले मंगलबार जिल्ला निर्वाचन कार्यालय चितवनमा स्पष्टीकरण दिएका थिए । उनीमाथि अमेरिका र नेपालको नागरिकता लिएको आरोप थियो ।

स्रोतका अनुसार लामिछानेले  आफूले अमेरिकी नागरिकता त्याग गरिसकेको र नेपाली नागरिकता तथा राहदानी नै रहेको स्पष्टीकरणमा उल्लेख गरेका छन् । उनले आफूसँग दोहोरो नागरिकता नभएको स्पष्टीकरण पनि आयोगलाई बुझाएका छन्।

उक्त स्पष्टीकरणपछि आयोगले नागरिकता विवादसम्बन्धी थप कारबाही अगाडि बढाउनेछ ।

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’