बारा-४ मा किसान श्रेष्ठ ४८ सय मतले अगाडि

किसान श्रेष्ठ। फाइल तस्बिर।

वीरगञ्ज- बारा निर्वाचन क्षेत्र नम्बर ४ मा किसान श्रेष्ठले अग्रता कायम राखेका छन्।

जारी मतगणनामा नेकपा एकीकृत समाजवादीका श्रेष्ठले १६ हजार ४३९ मत ल्याएका छन् भने एमाले–जसपाका उम्मेदवार एकवाल मियाँले ११ हजार ५५५ मत प्राप्त गरेर पछ्याउँदै छन्।

श्रेष्ठ मियाँभन्दा ४ हजार ८८४ मतले अघि रहेका छन्।

यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका पवन चौधरीले ३ हजार ५७८ मत ल्याएका छन्। स्वतन्त्र उम्मेदवार इच्छाबहादुर वाग्लेले ३ हजार १९७ मत प्राप्त गरेका छन्।

मंसिर ७, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्