जसपा अध्यक्षलाई हराउँदै दोब्बर मतान्तरले जिते डा. सीके राउत

जनकपुरधाम- सप्तरी प्रतिनिधिसभा क्षेत्र नं. २ मा जनमत पार्टीका अध्यक्ष डा. सीके राउत निकटतम प्रतिद्वन्दीभन्दा दोब्बर मतले जितेका छन् ।

राउतले जनता समाजवादी पार्टीका अध्यक्ष एवं पूर्व उपप्रधानमन्त्री उपेन्द्र यादवलाई पराजित गरेका हुन् ।

राउत ३५ हजार ४२ मत ल्याएर निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्दी यादव भने १६ हजार ९७९ मतमा सीमित भएका हुन् ।

यस्तै पाँच दलीय गठबन्धनबाट लोकतान्त्रिक समाजवादी पार्टीका जयप्रकाश ठाकुर ७ हजार ३४७ मत ल्याएर तेस्रो स्थानमा रहेका छन् ।

मंसिर ७, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्