मोरङ ५ (ख) मा अमृत अर्यालको फराकिलो अग्रता

मोरङ- मोरङ क्षेत्र नम्बर ५ को प्रदेश सभा २ तर्फ गठबन्धनका उम्मेदवार अमृत अर्याल ले २ हजार ९ सयभन्दा बढी मतले अग्रता बनाएका छन् ।

अर्यालले हालसम्म गणना मतमा ८ हजार ४ सय ८९ मत हासिल गरेका छन् । अर्याल कांग्रेसका केन्द्रीय सदस्य समेत हुन् । उनलाई नेकपा एमालेसँग तालमेल गरेको जसपाका उम्मेदवार जयराम यादवले ५ हजार ५ सय ८५ मत ल्याएर पछ्याइरहेका छन् ।

यादव प्रदेश १ का स्वास्थ्य मन्त्री समेत हुन् । त्यसैगरी सो क्षेत्रमा राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार राजेशकुमार बानियाँले १ हजार ७ सय १४ मत पाएका छन् ।

मंसिर ७, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्