सिमकोट – मुख्य निर्वाचन अधिकृतको कार्यालयले रातभर जेनेरेटर सञ्चालन गरेर मतगणना गर्ने तयारी थालेको छ।

हिल्दुम विद्युत् वितरण केन्द्रको विद्युत् आपूर्ति राति १० बजेपछि बन्द हुने भएकाले उक्त व्यवस्था गरिएको हो।

मुख्यनिर्वाचन अधिकृत दिलप्रसाद सापकोटाले राति विद्युत् बन्द हुने भएकाले दुुई वटा जेनेरेटरको विकल्प गरिएको बताए।

नहरमा पानी जम्ने समस्याका कारण केन्द्रले रातिको समयमा विद्युत् आपूर्ति बन्द गर्ने गरेको छ। मतगणनास्थलमा चिसो हुने भएकाले बाक्लो फमको व्यवस्थाका साथै तारजालीले घेरवारसमेत गरिएको छ।

मतगणनास्थलमा दुुई वटा सिसिटिभी क्यामेरासमेत जडान गरिएको छ भने सुरक्षा व्यवस्था कडा पारिएको छ।

मंसिर ७, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्