केपी ओलीको क्षेत्रमा घण्टीलाई ११ हजार मत

झापा – देशका अरु निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारहरुले उल्लेख्य मत ल्याइरहँदा एमाले अध्यक्ष केपी शर्मा ओलीको क्षेत्र झापा ५ मा पनि घण्टीले राम्रो मत पाएको छ।

त्यहाँ स्वतन्त्र पार्टीका सुरेश पोखरेलले ११ हजार ७४९ मत पाएका छन्।

झापा ५ बाट ओलीले ५१ हजार ६१९ मत ल्याएर निर्वाचित भएका छन्।

उनका निकटतम प्रतिद्धन्दी कांग्रेसका खगेन्द्र अधिकारीले २३ हजार २३१ मत पाए।

मंसिर ७, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्