रवि लामिछाने कृष्णभक्त पोखरेलभन्दा १४ हजार मतले अगाडि

काठमाडौँ– चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेले प्रतिस्पर्धी एमालेका कृष्णभक्त पोखरेलसँग फराकिलो अग्रता कायमै राखेका छन्।

४८ हजार ३ सय २८ मत गन्दा लामिछाने पोखरेल भन्दा १३ हजार ७ सय ५४ मतले अघि छन्।
लामिछानेले २४ हजार २ सय ८० मत ल्याएका छन्।

पोखरेलको १० हजार ५ सय २६ मत छ। तेस्रो स्थानमा रहेका कांग्रेसका उमेदवार उमेश श्रेष्ठले १० हजार ५ सय १३ मत प्राप्त गरेका छन्।

मंसिर ७, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्