कञ्चनपुर ३ मा कांग्रेस नेता लेखक भारी मत अन्तरले विजयी

धनगढी – कञ्चनपुरको निर्वाचन क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेस नेता रमेश लेखक भारी मतान्तरले विजयी भएका छन् ।

प्रतिनिधि सभा सदस्यको ५७ हजार ७ सय ५८ मत गणना गर्दा लेखकले ३० हजार ५२३ मत पाएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार निरु पालको १८ हजार चार ४४८ मत पाएका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार कृष्ण लुहारले २ हजार २८ मत पाएका छन् । प्रतिनिधि सभाको ३६९९ मत बदर भएको छ।

मंसिर ७, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्