जर्मनी जापानसँग स्तब्ध!

विश्वकप फुटबलमा जर्मनी जापानसँग स्तब्ध भएको छ। बुधबार साँझ भएको समूह ‘इ’ अन्तर्गतको पहिलो खेलमा जर्मनी जापानसँग २-१ ले स्तब्ध भएको हो। जापानको यो जर्मनी विरुद्ध यो पहिलो जित समेत हो।

खेलमा पेनाल्टीमार्फत जर्मनीले ३३ औ मिनेटमानै अग्रता लिएको थियो। गोलरक्षकको फल गरेपछि पाएको पेनाल्टीलाई सिटी स्टार गुन्डुगानले सानदार गोल गरेका थिए।

तर दोस्रो हाफमा जापानले खेलमा सानदार पुनरागमन गर्दै जर्मनी विरुद्व अग्रता बनायो। ७५ औ मिनेटमा डोएनको गोलमार्फत बराबरी गरेको जापानका लागि ८३ औ मिनेटमा टाकुमा असानोले सानदार गोल गर्दै खेलमा अग्रता बनाएको थियो।

जर्मनीले जापनको पोस्टमा निरन्तर आक्रमण गरेपनि गोलरक्षकले सानदार बचाउ गर्दा जर्मनी स्तब्ध हुन पुग्यो। जर्मनीको जपानसँगपनि यो अप्रत्यासित नतिजा हो। यसअघि २००६ मा भएको मैत्रिपुर्ण खेलमा जापानले जर्मनीलाई बराबरीमा रोकेको थियो।

मंसिर ७, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्