मोरङ ६ मा अग्रता बढाउँदै शेखर

तस्बिरहरु: सुलभ श्रेष्ठ

मोरङ- मोरङ क्षेत्र नं-६ प्रतिनिधिसभा सदस्यतर्फ ४० हजार ८ सय ९१ मतगणना सकिँदा गठबन्धनका उम्मेदवार कांग्रेसका डा. शेखर कोइराला १६ हजार ९ सय १ मतसाथ अग्रता लिएका छन्।

उनलाई नेकपा एमालेका लालबाबु पण्डितले १३ हजार ३ सय ८ मतसाथ पछ्याइरहेका छन्।

डा. कोइरालाले ३ हजार ५ सय ९३ मतसाथ अग्रता लिइरहेका छन्।

यस क्षेत्रको सुन्दरहरैंचा नगरपालिका- २, ३, ४, ५, ६, ७ र बुढीगंगा गाउँपालिकाको ७, ६, ५, ४ र ३ वडा नम्बरको गणना कार्य सकिएको छ।

मंसिर ७, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्