धनगढी – कैलाली ४ मा गठबन्धनका उम्मेदवार कांग्रेस नेता वीर बहादुर बलायर विजयी भएका छन्।

एमाले उम्मेदवार लेखराज भट्टलाई पराजित गर्दै बलायर विजयी भएका हुन्। अन्तिम मत परिणामअनुसार बलायरले २६ हजार १७१ मत पाएका छन् भने भट्टले २२ हजार ५३३ मत पाएका हुन्। भट्ट बलायरसँग ३ हजार ६३८ मतले पराजित भएका हुन्।

बलायर कांग्रेस सुदूरपश्चिम प्रदेश सभापति हुन् भने उनीसँग पराजित भट्ट एमालेका केन्द्रीय सचिव हुन्।

मंसिर ७, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्