फिफा विश्वकप फुटबल: बेल्जियमद्वारा क्यानडा पराजित

बेल्जियमले क्यानडालाई पराजित गर्दै फिफा विश्वकप फुटबल- २०२२ मा विजयी सुरुवात गरेको छ।

कतारको अहमद बिन अलि स्टेडियममा बिहीबार बिहान सम्पन्न खेलमा क्यानडालाई १-० गोल अन्तरले हराउँदै बेल्जियमले प्रतियोगितामा विजय यात्रा तय गरेको हो।

मिसी बात्सुयीले गरेको एक गोल नै बेल्जियमका लागि निर्णायक गोल सावित भयो। उनले खेलको ४४ औँ मिनेटमा एल्डरवेइरेल्डको पासमा गोल गरेका हुन्।

त्यसअघि खेलको ११ औँ मिनेटमा क्यानडाका अल्फन्सो डाभिसको पेनाल्टी बेल्जियमका गोलकिपर कोर्टुवाले उत्कृष्ट बचाउ गरेका थिए।

बेल्जियमका यान्निक कारास्कोले पेनाल्टी क्षेत्रभित्र ह्यान्डबल गरेपछि क्यानडाले पेनाल्टी पाएको थियो। जितसँगै समूह ‘एफ’ को बेल्जियमले तीन अंक जोडेको छ।

मंसिर ८, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्