महोत्तरी- ३ को (क) र (ख) मा लोसपाका उम्मेदवार दोस्रो पटक निर्वाचित

जनकपुरधाम – महोत्तरी क्षेत्र नं. ३ को (क) र (ख) मा लोकतान्त्रिक समाजवादी पार्टीका उम्मेदवार दोस्रो पटक निर्वाचित भएका छन्।

३ को (क) मा अभिराम शर्मा ९ हजार ८९२ मत ल्याएर निर्वाचित भएका भए। उनका निकटतम प्रतिद्वन्द्वी जनता समाजवादी पार्टीका दिपेन्द्र झाले ९ हजार ७१८ मत ल्याए।

झा मधेस प्रदेशको मुख्य न्यायाधीवक्ताबाट राजीनामा दिएर चुनाव लडेका थिए।

यस्तै, ३ को (ख) मा लोसपाकै रानीकुमारी तिवारी दोस्रो पटक मधेस प्रदेशसभा सदस्यमा निर्वाचित भइन्।

उनले ६ हजार ४१४ मत ल्याएर निर्वाचित हुँदा उनका निकटतम प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार उज्जवलकुमार झाले ५ हजार ४८९ मत ल्याए।

मंसिर ८, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्