सिन्धुपाल्चोक- १ मा माओवादीका सापकोटा निर्वाचित

फाइल तस्बिर।

काठमाडाैँ- सिन्धुपाल्चोक क्षेत्र नम्बर १ मा नेकपा माओवादीका माधव सापकोटा विजयी भएका छन्। उनले नेकपा एमालेका सरेश नेपाललाई पराजित गरेका हुन्।

गठबन्धनको तर्फबाट साझा उम्मेदवार बनेका सापकोटाले ३० हजार ३७४ मत मत ल्याएकाे जिल्ला निर्वाचन अधिकारी विकास रिजालले जानकारी दिए।

उनका निकटतम प्रतिस्पर्धी नेपालले २७ हजार २० मत ल्याउनुभएकाे छ। सापकोटाले नेपाललाई तीन हजार ३५४ मतले पराजित गरेका छन्।

क्षेत्र नम्बर १ मा भोटेकोसी गाँउपालिका, बाह्रबिसे नगरपालिका, त्रिपुरासुन्दरी गाउँपालिका, लिसँखुपाखर गाउँपालिका, बलेफी गाउँपालिका, जुगल गाउँपालिका र चौतारा साँगाचोकगढी नगरपालीकाको पाँचवटा वडा समेटिएको छ।

मंसिर ८, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्