सप्तरी १ को (ख) मा जनमतका सकिल मियाँ निर्वाचित

जनकपुरधाम- सप्तरीको निर्वाचन क्षेत्र नं. १ को (ख) मा जनमत पार्टीका सकिल मियाँ निर्वाचित भएका छन्।

मियाँ ६ हजार २७२ मतान्तरले निर्वाचित भएका हुन्।

मियाँले १६ हजार १६० मत पाउँदा उनका निकटतम प्रतिद्वन्द्वी जनता समाजवादी पार्टीका सुदम्वर यादवले ९ हजार ८८८ र नेपाली कांग्रेसका बद्री नारायण महत्मान यादवले ६ हजार ६१० मत ल्याए।

जनमतले हालसम्म मधेस प्रदेशमा पाँचवटा प्रदेशसभा सदस्य पदमा जित निकालेको छ।

मंसिर ८, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्