सर्लाही-१ मा लोसपाका रामप्रकाश चौधरी निर्वाचित

जनकपुरधाम – सर्लाही प्रतिनिधिसभा क्षेत्र नं. १ मा लोकतान्त्रिक समाजवादी पार्टीका रामप्रकाश चौधरी निर्वाचित भएका छन् ।
चैधरी २४ हजार ८३८ मत ल्याएर निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार मानबहादुर खड्काले १८ हजार ४०४ मत ल्याए ।
यस्तै, सो क्षेत्रका निवर्तमान सांसद जनता समाजवादी पार्टीका प्रमोद साहले १४ हजार २५५ मत ल्याए ।