मोरङ- ६ प्रदेश १ मा माओवादीका जीवन आचार्य निर्वाचित

मोरङ – मोरङ क्षेत्र नम्बर ६ प्रदेश सभा १ मा गठबन्धनतर्फका उम्मेदवार जीवन आचार्य निर्वाचित भएका छन् ।

नेकपा एमालेकी उम्मेदवार रिता न्यौपानेलाई १ हजार ८ सय ८३ मतले पराजित गर्दै नेकपा माओवादी केन्द्रका आचार्यले प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन् ।

निर्वाचित आचार्यले १९ हजार ४ सय ५४ मत हासिल गरेका छन् । त्यसैगरी, एमालेकी नेत्री न्यौपानेले १७ हजार ५ सय ७१ मत प्राप्त गरेकी छिन् ।

त्यसैगरी, राप्रपाका उम्मेदवार हिरा भट्टराईले ९ हजार ७ सयबढी मत हासिल गरेकाछन् ।

जित हासिल गरेका आचार्य नेकपा माओवादी केन्द्रका अध्यक्षका छोरी ज्वाई हुन् ।

मंसिर ८, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्