झापा – झापाको निर्वाचन क्षेत्र नं.४ को प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका लालप्रसाद साँवा निर्वाचित भएका छन् ।

एमालेका प्रदेश कमिटीका सचिवालय सदस्यसमेत रहेका निवर्तमान सांसद साँवाले आफ्ना निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेस झापाका सभापतिसमेत रहेका देउमान थेवेलाई ६ हजार ८ सय ६७ मतान्तरले पछि पार्दै निर्वाचित भएका हुन् ।

एमालेका साँवाले २९ हजार ३ सय १५ मत प्राप्त गर्दा नेपाली कांग्रेसका थेवेले २२ हजार ४ सय ४८ मत प्राप्त गरेका छन् ।

यसैगरी, राष्ट्रिय स्वतन्त्र पार्टी(घण्टी)का शम्भुप्रसाद ढकालले १४ हजार ६९ मत प्राप्त गरेका छन् ।

मंसिर ८, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्