दाङ- दाङ प्रतिनिधिसभा १ ‘ख’ मा निर्वाचित नेपाली कांग्रेसका अनुराग खड्कालाई बधाई तथा शुभकामना दिनेकाे भीड लागेकाे छ। खड्काका समर्थक तथा नातेदारहरूले अबिर, माला र खादा लगाइदिएका छन्।

उनले नेकपा एमालेका उम्मेदवार कुलबहादुर केसीलाई तीन हजार ५२ मतले पराजित गरे। यससँगै नेपाली कांग्रेसका अनुराग खड्का लुम्बिनी प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन्।

खड्काले १६ हजार २२२ र केसीले १३ हजार १७० मत प्राप्त गरे। उनी कांग्रेस नेता खुमबहादुर खड्काका छाेरा हुन्।

हेर्नूहाेस् तस्बिरहरू: