रौतहट-१ को (ख) मा कांग्रेसका कृष्णप्रसाद यादव विजयी

फाइल तस्बिर।

वीरगञ्ज- रौतहट-१ को (ख) बाट प्रदेशसभा सदस्यमा मधेस प्रदेशका भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री योगेन्द्र राय यादव पराजित भएका छन्।

उनलाई पराजित गर्दै नेपाली कांग्रेसका उम्मेदवार कृष्णप्रसाद यादव विजयी भएका हुन्।

यादवले १२ हजार ४८९ मत ल्याए। उनका निकटतम प्रतिद्वन्दी स्वतन्त्र उम्मेदवार राजेशकुमार चौधरीले ११ हजार ४०० मत प्राप्त गरे।

यसै क्षेत्रबाट जसपाको तर्फबाट उमेदवार रहेका मधेस प्रदेशका भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री योगेन्द्र राय यादवले ५ हजार ७२९ मत ल्याए।

 

मंसिर ८, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्