विश्वकप विजेतालाई बडवाइजरले ७५ मिलियन युरो बराबरको बियर दिने

विश्वको प्रतिष्ठित बियर कम्पनी बडवाइजरले विश्वकप विजेता बन्ने टिमलाई ७५ मिलियन युरो बराबरको बियर दिने घोषणा गरेको छ।

बडवाइजरले यो निर्णय कतारमा विश्वकपका दौरान आफ्ना उत्पादन बिक्री गर्न नपाएपछि गरेको हो।

फिफाको उच्च साझेदार रहँदै आएको बडवाइजरले विश्वकपको अन्तिम समयमा फिफाले मैदान आसपास बियरमा प्रतिबन्ध लगाएपछि अल्कोहल कम्पनीहरूले यो निर्णयको आलोचना गर्दै आएका छन्। बडवाइजरले पनि फिफाको यो निर्णयको आलोचना गरेको थियो।

त्यसो त बडवाइजरले फिफाले आफूहरूसँगको सम्झौता उल्लंघन गरेको भन्दै कानुनी उपचार खोज्न सक्ने समेत जनाइएको छ।

बडवाइजरले फिफासँग १९८६ देखि नै सहकार्य गर्दै आएको छ। उसले हरेक विश्वकपमा ७५ मिलियन डलर बराबरको बियर बिक्री गर्ने गरेको बताइन्छ।

तर, अरेबियन देशमा अल्कोहल प्रतिबन्धित छ। सार्वजानिक स्थलमा बिक्री तथा सेवन गरेको पाइएमा एक वर्ष या सोभन्दा बढीको सजायसमेत हुने भएकाले इस्लामिक राष्ट्रको संवेदनालाई ख्याल गर्दै फिफाले पनि कतारको प्रस्तावलाई स्वीकारेको छ।

मंसिर ८, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्