दाङ–१ मा मेटमणि चौधरीलाई ३४ सय मतको अग्रता

दाङ – दाङ क्षेत्र नम्बर १ मा नेकपा एकीकृत समाजवादीका नेता तथा शहरी विकास मन्त्री मेटमणि चौधरीले निरन्तर अग्रता लिएका छन्।

४३ हजार ५०५ मत गन्दा चौधरीले १४ हजार ७०५ मत पाएका छन्। उनलाई पछ्याइरहेकी नेकपा एमालेकी शान्ता चौधरीले ११ हजार २९१ मत ल्याएकी छन्।

यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका देवराज पाठकले ८५४० र नागरिक उन्मुक्ति पार्टीका सुरेन्द्र चौधरीले ४५२८ मत पाएका छन्।

७८ हजार ६९८ मत खसेको उक्त क्षेत्रमा अब ३५ हजार १९३ मत गन्न बाँकी छ।

मंसिर ८, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्