झापा–३ मा राजेन्द्र लिङ्देन निर्वाचित, कृष्ण सिटौला पराजित

काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले कांग्रेस नेता कृष्णप्रसाद सिटौलालाई पराजित गरेका छन्।

झापा क्षेत्र नम्बर ३ मा प्रतिनिधिसभा सदस्यमा लिङ्देनले सिटौलालाई ३ हजार २ सय ७६ मतले पराजित गरेका छन्।

लिङ्देनले ४० हजार ६४८ मत प्राप्त गर्दा सिटौलाले ३७ हजार ३ सय ७२ मत ल्याएका थिए।

लिङ्देनसहित प्रतिनिधिसभा सदस्यमा राप्रपाका चार नेताले जितिसकेका छन्।

मंसिर ८, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्