अझै सुुरु हुन सकेन मुख्मन्त्री शाहीको निर्वाचन क्षेत्रको मतगणना

सिमकोट – कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुुर शाहीको निर्वाचन क्षेत्रको मतगणना अझै सुुरु हुन सकेको छैन। दक्षिणी क्षेत्रका गाउँपालिकाका मतपत्र ढिलो गरी ढुवानी हुनु र मतगणना स्थल साँघुुरो भएका कारण ढिलो गरी मतगणना भएकाले उनको क्षेत्रको मतगणना नभएको हो।

मुख्यमन्त्री शाही प्रदेश सभा ख नम्बर क्षेत्रका लागि प्रत्यासी छन्। उनको क्षेत्रमा तीन वटा गाउँपालिका नाम्खा, सिमकोट र खार्पुनाथ पर्छ। लिमीका तीन वटा मतदान केन्द्रका मतपेटिका मात्र मंसिर ५ गते सोमबार सदरमुुकाम हेलिकोप्टरमा ढुवानी गरेर ल्याइएका थिए।

अन्य २२ वटा मतादन केन्द्रका मतपेटिका भने निर्वाचन भएकै राति मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुुगेका थिए।

जिल्लाभरिका मतपेटिका मुख्यनिर्वाचन अधिकृतको कार्यालयमा नपुुग्दासम्म मतगणना गर्न नमिल्ने कानुनी व्यवस्थाअनुुसार ढिलाइ भएको हो।

बुुधबार दक्षिणी क्षेत्रका चार वटा गाउँपालिकाका ३४ वटा मतदान केन्द्रका पेटिका हेलिकोप्टरमा ढुवानी भएको आएपछि मतदान भएको चार दिनपछि मात्र मतगणना सुुरु भएको हो।

त्यसमा पनि बिहीबार बिहान चार बजेबाट मतगणना कार्य दश घण्टाका लागि स्थगत भएर दिउँसो दुुई बजेबाट पुनः सुुरु भएको छ।

मुख्यनिर्वाचन अधिकृतको कार्यालयले ठाउँ अभाव भन्दै मतगणना गर्ने स्थान बढी बनाउन नसकेका कारण पनि मतगणनामा ढिलाइ भएको छ। कार्यालयले आफ्नै हातामा घेरबार गरेर दुुई समूहमा मात्र मतगणना गर्ने स्थान बनाएको छ।

मुख्यमन्त्री शाहीको निर्वाचन क्षेत्रको मतगणना कहिले सुरु हुन्छ यकिन छैन। क नम्बर क्षेत्रमा मतगणना भइरहेको छ। जसमा एउटा गाउँपालिकाको मतगणना सम्पन्न भएको छ भने एउटाको जारी रहेको र दुुई वटा गाउँपालिकाको गणना अझै बाँकी छ।

यस हिसाबले मुख्यमन्त्री शाहीको निर्वाचन क्षेत्रको परिणाम एक हप्तापछि मात्र सार्वजनिक हुने अनुमान गरिएको छ।

०७४ सालको निर्वाचनमा भने यति धेरै समय लागेको थिएन। उतिबेला चार दिनमा परिणाम आएको थियो।

मंसिर ८, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्