नेप्से परिसूचक ११.५६ अंकले बढ्यो

सांकेतिक तस्बिर।

काठमाडौँ – दुई दिन लगातार गिरावट आएको नेप्से परिसूचक वृद्धि भएको छ। बिहीवार नेप्से परिसूचक ११.५६ अंक बढेर १९३३.५५ बिन्दुमा पुगेको छ। त्यस्तै, सेन्सेटिभ इन्डेक्स ३.०२ अंक बढेको छ भने फ्लोट इन्डेक्स ०.७९ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स ०.८७ अंक बढेको छ।

बिहीवार कारोबारमा आएका २३२ कम्पनीको २५ लाख ६९ हजार कित्ता सेयर ९२ करोड ५१ लाख ७४ हजार रुपैयाँ बराबरको खरिद–बिक्री भएको छ। नेप्से परिसूचक बढे पनि बिहीवार कारोबार रकम भने घटेको छ।

नेप्सेका १३ उपसमूहमध्ये निर्जीवन बिमा उपसमूहबाहेक अरू सबै उपसमूहको परिसूचक बढेको छ। जसमा विकास बैंक, वित्त, उत्पादन तथा प्रशोधन, अन्य र व्यापार उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ।
निर्जीवन बिमा उपसमूहको परिसूचक ०.०४ प्रतिशत घटेको छ।

बिहीवार कारोबारमा आएको घलेम्दी हाइड्रो र आरएमडिसी लघुवित्तको शेयरमूल्य ६ प्रतिशतभन्दा बढी बढेको छ। साइन रेसुंगा डेभलपमेन्ट बैंक, साना किसान विकास लघुवित्तको सेयरमूल्य ४ प्रतिशतभन्दा बढी बढेको छ।

तर, यता किसान लघुवित्त वित्तीयको सेयरमूल्य भने २.८९ प्रतिशत घटेको छ। आज साइन रेसुंगा डेभलपमेन्ट बैंकको ७ करोड ६२ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।

 

मंसिर ८, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्