विवाहपञ्‍चमी महोत्सवअन्तर्गत दोस्रो दिन फूलबारी लीला मनाइयो (तस्बिरसहित)

जनकपुरधाम – सीताराम विवाह पञ्चमी महोत्सव दोस्रोदिन फूलवारी लीला सम्पन्‍न भएको छ। बिहीबार विवाहपञ्चमी महोत्सवको दोस्रो दिन जनकपुरधामस्थित विवाहमण्डपमा फूलवारी लीला विधि गरिएको छ।

जानकी मन्दिरको छेउमै रहेको विवाह मण्डपमा एक समारोहबीच फूलवारी लीला कार्यक्रम गरिएको छ।

     

राम र सीताबीच एकान्तमा भेटघाट गराइने कार्यक्रमलाई फूलबारी लीला कार्यक्रम भनिन्छ। सीता र रामको पहिलो भेट यहीँ भएको छ।
राम र सीताबीच पहिलो पटक बगैंचामा भेटघाट भएको पौराणिक कथाको आधारमा फूलवारी लीला कार्यक्रम गर्ने प्रचलन रहेको छ।

अब शुक्रबार धनुष यज्ञ, शनिबार तीलकोत्सव, आइतबार मटकोर, सोमबार स्वयमबर तथा शुभ विवाह र मंगलबार रामकलेवा गरी विवाह पञ्‍चमीको कार्यक्रमलाई समापन गरिन्छ।

मंसिर ८, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्