विश्वकप फुटबलः दक्षिण कोरिया र उरुग्वेले अंक बाँडे

काठमाडौँ – कतारमा जारी विश्वकप फुटबलमा दक्षिण कोरिया र उरुग्वेले गोलरहित बराबरी खेलेका छन्।

कतारको एजुकेसन सिटी स्टेडियममा बिहीबार भएको खेलमा निर्धारित समयमा दुबै टोलीबाट गोल हुन नसकेपछि दक्षिण कोरिया र उरुग्वेले एक–एक अंक बाँडेका छन्।

दुबै टोलीले गोलका लागि केही राम्रा अवसर पाए पनि त्यसको सदुपयोग गर्न सकेनन्।

मंसिर ८, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्