मोरङ– ४ को प्रदेश सभा २ मा कांग्रेसका पराजुलीको अग्रता कायमै

मोरङ – मोरङ क्षेत्र नम्बर ४ प्रदेश सभा २ मा गठबन्धनका उम्मेदवार भीम पराजुलीले अग्रता कायमै राखेका छन्।

विराटनगर महानगरपालिकाका पूर्व मेयर तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य पराजुलीले ७ हजार २ सय ५१ मत ल्याएकाछन्।

पराजुलीले नेकपा एमालेका उम्मेदवार जीवन घिमिरेसँग १ हजार २ सय ८० मतको अन्तर कायम गरेका छन्। प्रदेश १ का पूर्व सामाजिक विकास मन्त्री घिमिरेले ५ हजार ९ सय ७१ मत पाएका छन्।

मंसिर ८, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्