धनगढी – कञ्चनपुर क्षेत्र नम्बर १ मा नेकपा एमालेका तारा लामा तामाङ विजयी भएका छन्।

तामाङले गठबन्धनका उम्मेदवार नेकपा ९माओवादी केन्द्र० की बिना मगरलाई चार हजार ९११ मत अन्तरले पराजित गरेका छन्।

तामाङले २० हजार ९६९ मत प्राप्त गर्दा मगरले १६ हजार ५८ मत प्राप्त गरेकी छन् । ९९ हजार ११० मतदाता रहेको यस क्षेत्रमा ६४ हजार २३९ मत खसेको थियो।

यश क्षेत्रको प्रदेश सभा सदस्यमा क मा नेपाली काँग्रेसका दिवानसिंह बिष्ट र ख मा एमालेका वीर बहादुर थापा निर्वाचित भएका छन्।

मंसिर ८, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्