कांग्रेसको साधारण सदस्यबाटसमेत निष्कासित जंगीलाल मधेस प्रदेशसभा सदस्यमा निर्वाचित

जनकपुरधाम – सर्लाही क्षेत्र नम्बर २ को (क) मा नेपाली कांग्रेसका जंगीलाल राय निर्वाचित भएका छन् । ८ हजार २९० मत ल्याएर राय निर्वाचित भएका हुन् ।

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका सुनील कुमार शाहले ७ हजार २१४ मत ल्याए । यस्तै, जनमत पार्टीका भरत चौधरीले ६ हजार ६४३ मत ल्याए ।

कांग्रेस केन्द्रीय अनुशासन समितिका संयोजक आनन्दप्रसाद ढुंगानाले शुक्रबार विज्ञप्ति जारी गर्दै कांग्रेसका पूर्व केन्द्रीय सदस्य रायलाई कारबाही गरिएको जानकारी दिएका थिए ।

सर्लाही – २ को प्रदेशसभा (क) मा कांग्रेस र गठबन्धन दलबीच भएको सहमति अनुसार नचलेको भन्दै यादवलाई पार्टीले स्पष्टिकरण सोधेको थियो ।

नेता रायले समयभित्र आफ्नो रायसहितको स्पष्टिकरण नबुझाएपछि उनलाई नेपाली कांग्रेसको विधानबमोजिम पार्टी सदस्यतासमेत नरहने गरी कारबाही गरिएको हो ।

अब उनी कांग्रेसकै चुनाव चिन्हबाट निर्वाचित भएपछि कांग्रेसले निर्वाचन आयोगलाई उनको पद खारेज गर्नभनेमा यस क्षेत्रमा उपचुनाव गराउनुपर्ने हुन्छ ।

मंसिर ९, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्