प्रदीप ज्ञवालीलाई पराजित गर्दै गुल्मी- १ बाट चन्द्र भण्डारी विजयी

फाइल तस्बिर।

बुटवल – गुल्मी १ बाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका चन्द्र भण्डारी विजयी भएका छन्।

शुक्रबार सकिएको मतगणनाअनुसार एमालेका उपमहासचिव प्रदीप ज्ञवालीलाई हराएर भण्डारी विजयी भएका हुन्।

निर्वाचनको अन्तिम औपचारिक परिणाम घोषणा हुन बाँकी छ।

भण्डारीले ३३७४४ मत पाए भने ज्ञवालीले ३२१५२ मत पाए । भण्डारी १५९२ मतान्तरले विजयी भएको हो ।

मंसिर ९, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्