रुपन्देही- १ प्रदेश (१) मा राप्रपाका आशिषकुमार चौधरी विजयी

बुटवल – रुपन्देही क्षेत्र नम्बर १ को प्रदेशसभा(१) मा राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का आशिषकुमार चौधरी निर्वाचित भएका छन्।

उनले सत्ता गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका विश्वनाथ यादवलाई ३ हजार १ सय ३४ मतान्तरले पराजित गरेका हुन्। चौधरीलाई एमाले र जसपाले समर्थन गरेको थियो।

चौधरीले १७ हजार ७ सय ८५ मत ल्याएर विजयी हुँदा यादवले १४ हजार ६ सय ५१ मत ल्याए।

नागरिक उन्मुक्ति पार्टीका सरोजसिंह चौधरीले ६ हजार १ सय ४३ मत प्राप्त गरे।

मंसिर ९, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्