गुप्तचर निकायका पूर्वप्रमुख बन्ने भए पाकिस्तानी सेनाको नयाँ प्रमुख

असिम मुनिर। तस्बिर : रोयटर्स

पाकिस्तान सरकारले देशको सबैभन्दा शक्तिशाली संस्था सेनाको नयाँ प्रमुखमा जनरल असिम मुनिरलाई नियुक्त गरेको छ।

पाकिस्तान गुप्तचर निकायका पूर्व प्रमुख रहेका मुनिरले अब सेनाको नेतृत्व गर्ने भएका हुन्। उनले जनरल कमर जावेद बाज्वाको स्थान लिने छन्। बाज्वाले नोभेम्बर २९ मा अवकास लिँदै छन्।

पाकिस्तानको राजनीति र परराष्ट्रनीतिमा सेनाको प्रभाव बढी रहने गरेको छ। गएको अप्रिलमा सत्ताच्युत भएका पूर्वप्रधानमन्त्री इमरान खानले मुनिरको नियुक्तिलाई लिएर सरकार तथा सेनाको विरोध गरेका छन्।

मंसिर ९, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्