कैलाली–२ मा नागरिक उन्मुक्ति पार्टीका अरुण चौधरी विजयी

धनगढी – कैलाली क्षेत्र नम्बर २ मा प्रतिनिधि सभामा नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार अरुण चौधरी विजयी भएका छन्। उनले २१ हजार ८७१ मत प्राप्त गरे।

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका झपट रावलले १६ हजार १२८ मत प्राप्त गरेका छन्।

यसैगरी गठबन्धनतर्फ माओवादीका भगत बडुवालले १५ हजार ११६ मत प्राप्त गरेका छन्।

मंसिर ९, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्