मधेस प्रदेशका कृषि मन्त्रीलाई हराउँदै जनमत पार्टीका सञ्जयकुमार यादव निर्वाचित

जनकपुरधाम – मधेस प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विजयप्रसाद यादवलाई हराउँदै जनमत पार्टीका उम्मेदवार निर्वाचित भएका छन्।

सिरहा क्षेत्र नम्बर २ को प्रदेशसभा १ बाट जनमतका सञ्जयकुमार यादव निर्वाचित भएका हुन्। सञ्जयले कृषिमन्त्री यादवलाई ६४४ मतान्तरले पराजित गरेका हुन्।

सञ्जयले १२ हजार १७१ मत ल्याउँदा मन्त्री यादवले ११ हजार ५२७ मत प्राप्त गरे।

मंसिर ९, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्