महोत्तरी–२ मा लोसपाका शरत सिंह भण्डारी निर्वाचित

जनकपुरधाम – महोत्तरी क्षेत्र नम्बर २ बाट लोसपाका नेता शरत सिंह भण्डारी प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्।

भण्डारी १४ हजार ७० मतान्तरले निर्वाचित भएका हुन्। उनले तराई मधेश लोकतान्त्रिक पार्टीका उम्मेदवार डा. विजय सिंहलाई पराजित गरेका हुन्।

सत्ता गठबन्धनका उम्मेदवार भण्डारीले २५ हजार १९० मत ल्याएर विजयी भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी सिंहले ११ हजार १२० मत पाएका छन्।

तेस्रो नम्बरमा एमालेका डा. रामपरीक्षण यादवले १० हजार २५७ मत ल्याएका छन्।

मंसिर ९, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्